

-
काठमाडौँ । नेपाल परिवार दलले कोभिड–१९ बारे सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिने पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व तथा नागरिकलाई सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारको सुरक्षार्थ सो पार्टीले पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई विभिन्न सामग्री प्रदान गरेको हो ।
पत्रकार महासङ्घको कार्यालयमा दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले दुई हजार थान मास्क महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा अध्यक्ष ढकालले दिनरात नभनी अहोरात्र खटिने सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सही सूचना पाउन नसक्ने भन्दै सुरक्षार्थ सानो सहयोग गरेको बताए ।
सो सामग्री ग्रहण गर्दै महासङ्घका अध्यक्ष आचार्यले उपलब्ध सामग्री फिल्डमा खटिने सबै क्रियाशील पत्रकारलाई उपलब्ध गराइने बताए । “यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ, तर त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज, न प्रोत्साहन नै गरेको छ”, अध्यक्ष आचार्यले भने । परिवार दलले गत वैशाख २ गते कोभिड– १९ युनिफाइड कमाण्ड हस्पिटललाई पाँच हजार मास्क प्रदान गरेको थियो ।
News Desk 0 response सोमवार, बैशाख ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२



