

-
सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले संविधानबमोजिम सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन (हिउँदे अधिवेशन) आइतबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेकी छिन् ।
कोरोनाबाट उत्पन्न वर्तमान परिस्थितिका कारण प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभा सचिवालयद्वारा आइतबार प्रकाशित सूचनामा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रानुसार प्रदेशसभाको हिँउदे अधिवेशन विसं २०७७ वैशाख ७ गते राति १२ बजे लागू हुने गरी अन्त्य गरिएको उल्लेख गरिएको छ ।
गएको माघ ६ गते शुरु भएको हिँउदे अधिवेशनले पारित गरेको ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अन्य पाँच वटा विधेयक छलफलका क्रममा रहेका थिए । विधेयक अधिवेशनका रूपमा लिइने हिँउदे अधिवेशनको जारी बैठक गएको फागुन ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभामुखले स्थगन गरेका थिए ।
News Desk 0 response सोमवार, बैशाख ८, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२