

-
खस्यौली । मुख्यमन्त्री शङ्कर पोखरेलले भैरहवा, दाङ र नेपालगञ्जका प्रयोगशालामा कोरोना भाइरस परीक्षणको गति तीव्र बनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चार कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहितको प्रगति समीक्षा बैठकमा उनले भैरहवाको प्रयोगशालामा परीक्षणको गति बढाउन तथा दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।
“अब अझै कामको गति बढाऔंँ, तत्काल कामको नतिजा चाहिएको छ, धेरै मेहनत गरेर अहिलेसम्मको कामको नतिजा निकालौंँ, परीक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मेहनत काम लाग्छ”, उनले शुक्रबार भने । प्रदेश सरकारले रुपन्देहीका बुटवल र भैरहवा तथा बाँकेको खजुरा र दाङको बेलझुण्डीमा सघन उपचार कक्षसहितको कोरोना आइसोलेशन अस्पताल निर्माण गरेको छ । कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र बिरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिएका छन् ।
बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट, निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने कामबारे जानकारी गराएका थिए । भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको तथा नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा छ । रासस
News Desk 0 response शनिबार, बैशाख ६, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२ -
जम्मू–कश्मीर आक्रमणको निष्पक्ष जाँचका लागी सहयोग गर्न..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
छ जना डीआईजीको एआईजीमा बढुवा
बिहिबार, बैशाख ४, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२