• काठमाडौं । शुक्रबार एकै दिन १४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १२ जना उदयपुरमा रहेका हुन् । ती सबै पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन् ।

    यता दुईजना भने चितवनका रहेका छन् । उनीहरु २७ वर्षका पुरुष र ६३ बर्षिय महिला रहेको बताइएको छ । यीसँगै अब नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ ।