

-
काठमाडौँ । मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बगाङ्लको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएकाले अझै दुई÷तीन दिन काठमाडौँ उपत्यकासहित देशको धैरै जसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार आर्यालले बताए । उनका अनुसार दुई÷तीन दिनसम्म अझै प्रायः अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ ।
उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुने गरेको छ । अहिले प्रिमनसुन (मनसुन शुरु हुनुभन्दा पहिले) को समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्ने जस्ता संकेत देखिन्छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुनी समय मान्ने गरिन्छ ।
भोलि देशभर आँशिकदेखि सामान्य बदली रही देशका मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
News Desk 0 response शुक्रबार, बैशाख ५, २०७७

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



