

-
प्रदेश नं २ मा र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) माध्यमबाट ६५९ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । सोमध्ये ६५७ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ आएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती दुई जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिएका छन् । यस प्रदेशको सप्तरीमा १६१, सिरहामा ५०, बारामा ४९, पर्सामा ४८, महोत्तरीमा ३३, सर्लाहीमा ५७, रौतहटमा सबैभन्दा बढी २०८ र धनुषामा १८ जनाको बिहीबार मध्याह्न १ बजेसम्ममा आरडिटी परीक्षण सम्पन्न भइसकेको सचिव घिमिरेले जानकारी दिए ।
त्यस्तै यस प्रदेशमा ५३५ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा ४५४ जना रिपोर्ट नेगेटिभ आएको छ भने ७७ जनाको रिपोर्ट आउन बाँकी छ । चार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती चार जनाको सम्बन्धमा यसअघि नै सार्वजनिक भइसकेको छ । यसका साथै यस प्रदेशमा एक हजार १३७ क्वारेन्टाइनमा, एक हजार ५२५ होम क्वारेन्टाइनमा र १२ जना आइसोलेसनमा छन् ।
प्रदेश सरकारले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई विशेष कोरोना अस्पतालका रुपमा परिणत गरिएको छ । उक्त अस्पतालमा कोरोनाको सङ्क्रमितको मात्र उपचार हुनेछ भने नेशनल मेडिकल अस्पताल वीरगञ्जमा अन्य रोगबाट पीडितहरुको सरकारी अस्पतालको मापदण्डकै आधारमा उपचार व्यवस्था मिलाइएको छ ।
News Desk 0 response शुक्रबार, बैशाख ५, २०७७


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
जापान आठौंपल्ट विश्वकपमा छनोट
शुक्रबार, चैत्र ७, २०८१ -
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१
-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१