

-
काठमाडौँ । कोरोना भाइरसको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पिसिआर प्रविधिबाट हालसम्म छ हजार ८७१ र आरडिटी प्रविधिबाट आठ हजार ९२९ वटा टेस्ट भएको बताए । त्यस्तै गत २४ घण्टाभित्र कूल दुई हजार ८९४ परीक्षण भएका छन् । उनका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड–१९ को सङ्क्रमण देखिएको छ । जसमा एक जना निको भएर घर फर्किसक्नुभएको छ ।
आरडिटी टेस्ट सञ्चालन गर्न अब १४ जिल्ला मात्र बाँकी रहेका छन् । जसमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा तीन, गण्डकी प्रदेशमा एक, प्रदेश नं ५ मा एक र कर्णाली प्रदेशमा दुई जिल्ला बाँकी छन् । मन्त्रलायका अनुसार वाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आरडिटी टेस्ट शुरु भइसकेको छ ।
त्यसैगरी परीक्षणसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गएको प्रवक्ता देवकोटाको भनाइ छ । उनका अनुसार हाल क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पाँच हजार ६१४ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ११७ रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा ११ जना छन् भने उपत्यका बाहिर १०६ जना रहेका छन् ।
पत्रकार सम्मेलनमा इपिडिमोलोजी रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण भइरहेको बताएका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१