

-
काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
गएराति चिकित्सकत्रय शम्भू खनाल, तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गरी नागरिकको जीवन रक्षार्थ अग्रपङ्त्तिमा खटिएका चिकित्सकको उच्च सम्मान रहेको महानगरीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यालयले कार्यस्थलमा खटिने प्रहरी कर्मचारीबाट पेशाकर्मी तथा आमनागरिकप्रति गरिने व्यवहारमा कहीँकतै कमजोरी हुन नदिने तथा स्वास्थ्यकर्मीको सुरक्षा र आवागमनमा विशेष संवेदनशील रहने प्रतिबद्धता जनाएको छ ।
उक्त घटनाका विषयमा नेपाल चिकित्सक सङ्घलगायत चिकित्सा पेशासँग सम्बन्धित विभिन्न संस्थाले समेत गम्भीर ध्यानाकर्षण गराएका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७


सम्बन्धित शीर्षकहरु
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
भारतको एक्सन : जम्मू–कश्मीरमा भएको आक्रमणपछि पाकिस्तानी..
बिहिबार, बैशाख ११, २०८२
-
पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहिबार, बैशाख ११, २०८२ -
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
बिहिबार, बैशाख ११, २०८२ -
शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र..
बिहिबार, बैशाख ११, २०८२ -
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको..
बिहिबार, बैशाख ११, २०८२ -
आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा..
बिहिबार, बैशाख ११, २०८२
-
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा..
मङ्लबार, बैशाख २, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२