

-
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र केही अरु ब्लकमा बस्नेहरुको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि यहाँ बसोबास गर्ने परिवार हर्षित बनेका छन् । तीन दिनसम्म आफूलाई पनि सङ्क्रमण भएको हुनसक्ने भनी त्रसित भएकामा त्यो हटेकाले सबै खुसी हुनु स्वभाविक भएको सनसिटी वेयलफेयर सोसाइटीका अध्यक्ष तिलक बस्नेतले बताए । अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) शुरु गरिएको थियो ।
उनका अनुसार सोसाइटीले अहिले पनि उनीहरुलाई भीडभाड नगर्न भनिरहेको छ । अहिलेसम्म सिलको अवस्था रहेकाले सबै जना आ–आफ्नो फ्ल्याटमा बसिरहेको उनले बताए । कोभिड–१९ को सङ्क्रमण शुरु भएदेखि नै आवश्यक सावधानी अपनाइएको बताउँदै उनले भने, “त्यसैले पनि यहाँ सङ्क्रमण नफैलिएको हो ।”
स्वास्थ्य सेवा विभागले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा ए ब्लकमा बसोबास गर्ने सबै र अरु ब्लकका पनि दीर्घरोगीको परीक्षण गरेको थियो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये सङ्क्रमित व्यक्तिको घरमा काम गर्दै आएका दुई जनाको भने पिसीआर प्रविधिबाट समेत परीक्षणका लागि स्वाब पठाइएको छ ।
नगर अस्पतालले सोमबार गरेको आरडिटी परीक्षणका क्रममा अपार्टमेन्टमा बस्दै आएका तीन जनाको रिपोर्ट नेगेटिभ आएसँगै यहाँ प्रशासनले तालबन्दी गरेको थियो । ती तीनै जना व्यक्ति अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् । तीन जनामध्ये एक महिलाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि उनी अस्पतालमै छिन् ।
अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । नगर प्रमुख कृष्णहरि थापाले कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर नेगेटिभ नआएसम्म जान नसक्ने हुँदा उनीहरूलाई प्राथमिकता दिइएको बताए ।
अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरूको परीक्षण गर्नुपर्ने माग गरेका छन् भने नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको छन् । अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुन माग भएको छ । स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले भने हाल अपार्टमेन्ट आसपासमा दू्रत परीक्षणको योजना नरहेको जनाए । अन्य व्यक्तिमा पोजेटिभ नपाइएपछि नजिकका कार्यालय र पसका व्यक्ति त्रसित हुनु नपर्ने उनले बताएका छन् । रासस
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१