

-
काठमाडौँ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र शिक्षा मन्त्रालयका दीपक शर्मा रहेको समितिसमेत गठन गरेको छ । समितिले विभिन्न मेडिकल कलेजमा अध्ययन गरेका स्वयम्सेवा गर्ने इच्छुक चिकित्सक र नर्सको विवरण तयार पारेको छ ।
अहिलेसम्म करिब स्वयम्सेवी गर्ने इच्छुक दुई हजार १२ स्वास्थ्यकर्मीको सूची समितिले तयार पारेको आयोगका उपाध्यक्ष डा गिरीले जानकारी दिए । तीमध्ये ५२७ जना चिकित्सक र एक हजार ४८६ जना नर्स रहेका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट सय जना, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज सिनामङ्गल, किष्ट मेडिकल कलेज, काठमाडौँ, मनिपाल मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज काठमाडौँ, युनिभर्सल मेडिकल कलेज भैरहवा र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट ५० जनाका दरले चिकित्सक स्वयम्सेवी रुपमा परिचालन हुनेछ ।
यसैगरी नोवेल मेडिकल कलेज विराटनगर १५०, विराट मेडिकल कलेजबाट ११८, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेजले पनि सय जनाका दरले नर्स खटाउने भएका छन् । ती स्वास्थ्यकर्मीलाई प्रभावित ठाउँमा खटाइने तयारी गरिएको आयोगका उपाध्यक्ष डा गिरीले बताए ।
सरकारले विश्वव्यापी महामारी भएको कोभिड–१९ को रोकथाम गर्नका लागि जनशक्तिको सुनिश्चिताका लागि आवकाश प्राप्त र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई समेत परिचालन गर्ने निर्णय गरेको थियो । ती जनशक्तिलाई स्वयम्सेवी वा सेवा सुविधा दिएर कम्तीमा तीन महिनाका लागि खटाइनेछ । मन्त्रालयले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी काममा खटाइने छ ।
News Desk 0 response बुधबार, बैशाख ३, २०७७


सम्बन्धित शीर्षकहरु
-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा..
सोमवार, असार ३०, २०८२ -
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२
-
गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा..
सोमवार, असार ३०, २०८२ -
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२