

-
काठमाडौं । नेपालमा पहिलो पटक तीन भारतीय नागरिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । यसभन्दा अघि ९ जना नेपालीमा सङ्क्रमण पुष्टि भइसकेको छ । यो सँगै नेपालमा अब सङक्रमितको संख्या १२ पुगेको छ । हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणको नतिजालाई पुष्टि गर्न काठमाडौँस्थित टेकुको प्रयोगशालामा पुनः परीक्षण गरिएको थियो ।
पर्साको बिरगंज महानगरपालिका, वडा नं. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा बस्दै आएका मध्ये केहीलाई स्वाथ्यमा समस्या आएको जनाइएको थियो । कोरोनाको आशंकामा थ्रोट स्वाव संकलन गरी परीक्षण गरिएका मध्ये ३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
उनीहरु ३७, ५५ र ४४ वर्षका भारतीय नागरिकहरु रहेका छन् । उनीहरूको शुक्रवारदेखि नै नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि उपचार भइरहेको बताइएको छ ।
सङ्क्रमित तीनै जना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु भएको र नेपालमा धर्म प्रचारको लागि आएको बताइएको छ । उनीहरु केहीदिन अघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका पनि गरिएको छ । स्थानीयका अनुसार उनीहरु ९/१० दिन पहिलादेखि उक्त मस्जिदमा बस्दै आएका थिए । ।
सङ्क्रमण पुष्टि भएसँग अहिले सङ्क्रमितहरूलाई नारायणी अस्पताल वीरगञ्जमा छुट्टाछुट्टै राखेर उपचार सुरु गरिएको छ । सङ्क्रमित तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ । यता स्वास्थ्य मन्त्रालयले उनीहरूको संसर्गमा आएका तथा उनीहरू गएको स्थान पहिचान गरि परीक्षण गर्ने कार्यहरू भइरहेको जानकारी दिएको छ ।
News Desk 0 response आइतवार, चैत्र ३०, २०७६

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



