• खाँदबारी । सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पाँचखपन नगरपालिका–२ की ५२ वर्षीया डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिएका छन् ।

    शनिबार राति ७ः३० बजे राई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको पाँचखपनका नगरप्रमुख विपीन राईले जानकारी दिएका छन् ।