

-
काठमाडौँ । काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएकामा आजदेखि वीर अस्पतालबाट समेत परीक्षण थालिएको छ । आइतबारदेखि टेकु अस्पतालबाट समेत नमूना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीरमा शुरु भएसँगै आजदेखि उपत्यकामा दुई ठाउँबाट परीक्षण थालिएको छ । दार्चुलामा पनि स्वाबको नमूना परीक्षण भइरहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्ति सबैको र्यापिड डाइग्नोष्टिक किटबाट नमूना परीक्षण गर्न थालिएको र अब केही दिनमा सबै क्षेत्रको परीक्षण सक्ने योजना मन्त्रालयको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
टेष्ट बढाउनका लागि भनेर धेरै प्रश्न आएको उल्लेख गर्दै डा देवकोटाले काठमाडौँ उपत्यका बाहिर धेरै ठाउँमा शुरुआत भइसकेको र केही ठाउँमा यन्त्र जडान कार्य जारी रहेकाले छिट्टै शुरु हुने आश्वासन दिएका छन् । ७७ जिल्लाबाट परीक्षण गराउने प्रक्रियामा सरकार रहेको छ । पिसिआरबाट हुने नमूना परीक्षणको दायरासमेत बढिरहेको डा देवकोटाले पत्रकार सम्मेलनमा बताए ।
News Desk 0 response शनिबार, चैत्र २९, २०७६


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१