

-
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गर्नुभएको छ । सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन्त्रणका लागि नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनका निर्णय एवं निर्देशनलाई पालना गर्न पनि अपिल गरेका छन् । उनले विश्वभरि नै महामारीको रूप लिएको कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि जनताले देखाएको आत्मसंयमता, सावधानी र सचेतनाका लागि धन्यवाद ज्ञापनसमेत गरेका छन् ।
नेता नेपालले भोका श्रमजीवी जनतालाई राहत उपलब्ध गराउन, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तीमा गरिखाने वातावरण नहुञ्जेल कायम राख्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेका छन् । उनले कामको सिलसिलामा देश बाहिर रहेका नेपालीको स्वास्थ्य, सुरक्षा, भिसा तथा अन्य समस्याका सन्दर्भमा सचेत पहल गर्न सम्बन्धित देशका सरकार एवं नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोरोना भाइरस जो कसैलाई पनि लाग्न सक्ने भन्दै नेता नेपालले कसैलाई यसको शङ्का लागेमा त्यसलाई नलुकाउन, कुनै प्रकारको हिनताबोध नगर्न, उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् । “विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भइसकेको सन्दर्भलाई दृष्टिगत गरी विदेशबाट आएका र उहाँहरूको सम्पर्क भएका सम्पूर्ण व्यक्तिलाई अनिवार्य रूपमा तोकिएको अवधि तोकिएका स्थान वा सेल्फ क्वारेन्टाइनमा बस्न र आफू एवं समाजलाई यस महामारीबाट जोगाउन विशेष अपिल गर्दछु”, नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ ।
कोरोनाको सङ्क्रमण फैलन नदिन राज्यका सम्पूर्ण निकायको सुरक्षित एवं प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन तथा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभाव हुन नदिन तीनै तहका सरकारसहित सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।
विपद्को समयमा सीमित स्रोत साधनका बीच पनि रोकथाम, नियन्त्रण र उपचारका सम्भव सबै उपाय पारदर्शीरूपमा अवलम्वबन गरी सरकारले वास्तविक अभिभावकत्व प्रदादन गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले हालसम्म गरिरहेको प्रयासका लागि सरकारलाई धन्यवाद दिएका छन् । उनले राज्यका परिभाषित काम गर्ने अङ्गको सबलीकरण एवं उच्च मनोबलसहित द्रुत परिचालन गरेर जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण गराएका छन् । कोरोना सङ्क्रमण देखिएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले यसका कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु भनेका छन् । रासस
News Desk 0 response मङ्लबार, चैत्र २५, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२