

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताए । “कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ”, उले भने, “हामी सबै यस अभियानमा जुट्नुपर्छ ।” रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।
“अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ”, मन्त्री ढकालले भने, “उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ ।” कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो ।
सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई रु ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनले थ्री एम एन९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो । नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो । फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ ।
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ ।
News Desk 0 response सोमवार, चैत्र २४, २०७६

सम्बन्धित शीर्षकहरु
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
सोमवार, फाल्गुन ४, २०८२
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



