

-
चितवन । गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ । यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो । शुरुमा चैत १ गतेबाट गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडी सारिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार गैंडा गणनाका लागि चैत उपयुक्त महिना हो । फागुनमा चिसो, हिलो र झाडी हुने भएकाले उपयुक्त मानिदैँन । वैशाखमा गर्मी र डढेलोका कारण जोखिम मानिन्छ । अघिल्लो गणना वैशाख १० गते सकिँदा हात्तीहरुले दुःख दिएको स्मरण गर्दै उहाँले यस वर्षको गणनाको सम्भावना भने टरेको बताए ।
चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गैंडा गणना गरिने कार्यक्रम थियो । चितवनमा गैंडा गणना गर्न एक महिना लाग्छ भने अन्य निकुञ्जमा एक साता देखि १० दिनसम्म लाग्छ । विगत वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गणनाका लागि विभागले रु १ करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो । गत वर्षको गैंडा गणना बजेटाभावका कारण रोकिएको थियो ।
नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक पाँच पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरी ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान छ ।
सन् २०१५ को गणनापछि चोरीशिकारीबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम भने बढ्दै गइरहेको छ । गणना नहुने भएपछि निकुञ्जमा गैंडाको परिचय राख्ने गरी काम गरिँदै छ । प्रत्यक्ष रुपमा गैंडाको अवलोकन गरी उचाइ, लम्बाइ, कान, पुछर के कस्तो छ भनी जानकारी लिएर नामकरण समेत गरिनेछ । यसबाट गैंडाको बाहिर हेरेर थाहा हुने स्वस्थ्य अवस्था (घाउ, चोट) आदि पत्ता लाग्न सहज हुनेछ । एक सिङ्गे गैँडामा नेपाल विश्वकै दोस्रो मानिन्छ । रासस
News Desk 0 response सोमवार, चैत्र २४, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



