

-
जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
विज्ञ समूहले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न सुझावसहितको प्रतिवेदन बुझाएलगत्तै बसेको उच्चस्तरीय समितिको बैठकले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले बताए । विज्ञ समूहले महामारी नियन्त्रणका लागि चिकित्सकीय सामग्रीको प्रयोग, चिकित्सकको व्यक्तिगत सुरक्षा तथा प्रोत्साहन भत्ता, क्वारेन्टाइन, आइसोलेसनको मापदण्ड, कोरोना विशेष अस्पतालको निर्माण, आपूर्ति व्यवस्थामा समन्वयसहितलाई समेटेर सुझाव बुझाएका थिए ।
यसका साथै समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले महामारी नियन्त्रण सम्बन्धमा यसअघि गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारीसँग जवाफसमेत मागेका थिए । प्रदेश सरकारले यसअघि प्रदेशभरिमा ५० वटा भेन्टिलेटर, दुई वटा पिसिआर, आठ वटा एम्बुलेन्स र शवबाहन खरिद गर्ने निर्णय गरेको थियो ।
उच्चस्तरीय बैठकमा मुख्यमन्त्री राउतसहित आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिवलगायत विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखसहितको उपस्थिति रहेको थियो ।
News Desk 0 response सोमवार, चैत्र २४, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२