

-
काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर लकडाउन गरेपछि विशेषतः भारतमा श्रम गर्न गएका नेपालीहरू अलपत्र परेको भन्दै उनीहरुको उद्धार र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।
ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले सरकारले सीमामा अलपत्र परेका नेपाली श्रमिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, “राज्यका नागरिकलाई परेको समस्या समाधान गर्ने दायित्व सरकारको हो, सरकारले यथाशीघ्र सीमामा रहेका नागरिकको उद्धार गर्नुपर्छ” ।
महासचिव कुँवरले सरकारले हालै अत्यावश्यक सेवा तथा वस्तु उत्पादन गर्ने कम्पनीलाई खोल्न दिने निर्णय गर्नु र अर्कोतर्फ नागरिकलाई लकडाउनको पूर्णपालना गर्न लगाउने कुरा विरोधाभाषपूर्ण भएको बताउनुभयो । उद्योग व्यवसाय सञ्चालन हुँदा माहामारी थप फैलनसक्ने भएकाले हाल कुनै पनि उद्योग कारखाना सञ्चालन गर्न नहुने उहाँको भनाइ छ ।
अत्यावश्यक सेवा वस्तु उत्पादन गर्नुपर्दा श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, सङ्क्रमण फैलन नदिन अपनाउनुपर्ने सबै मापदण्डको पालना र राज्यको तर्फबाट प्रभावकारी अनुगमनको व्यवस्था गरेर मात्र सञ्चालनमा ल्याउन नेपाल ट्रेड युनियन काँग्रेसले सरकारसँग माग गरेको छ ।
News Desk 0 response आइतवार, चैत्र २३, २०७६

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
हारमा ह्याट्रिक : रवीन्द्र मिश्रले दिए राप्रपाका..
शनिबार, फाल्गुन २३, २०८२ -
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२



