-
काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर लकडाउन गरेपछि विशेषतः भारतमा श्रम गर्न गएका नेपालीहरू अलपत्र परेको भन्दै उनीहरुको उद्धार र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।
ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले सरकारले सीमामा अलपत्र परेका नेपाली श्रमिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, “राज्यका नागरिकलाई परेको समस्या समाधान गर्ने दायित्व सरकारको हो, सरकारले यथाशीघ्र सीमामा रहेका नागरिकको उद्धार गर्नुपर्छ” ।
महासचिव कुँवरले सरकारले हालै अत्यावश्यक सेवा तथा वस्तु उत्पादन गर्ने कम्पनीलाई खोल्न दिने निर्णय गर्नु र अर्कोतर्फ नागरिकलाई लकडाउनको पूर्णपालना गर्न लगाउने कुरा विरोधाभाषपूर्ण भएको बताउनुभयो । उद्योग व्यवसाय सञ्चालन हुँदा माहामारी थप फैलनसक्ने भएकाले हाल कुनै पनि उद्योग कारखाना सञ्चालन गर्न नहुने उहाँको भनाइ छ ।
अत्यावश्यक सेवा वस्तु उत्पादन गर्नुपर्दा श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, सङ्क्रमण फैलन नदिन अपनाउनुपर्ने सबै मापदण्डको पालना र राज्यको तर्फबाट प्रभावकारी अनुगमनको व्यवस्था गरेर मात्र सञ्चालनमा ल्याउन नेपाल ट्रेड युनियन काँग्रेसले सरकारसँग माग गरेको छ ।
News Desk 0 response आइतवार, चैत्र २३, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१