-
जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो जानकारी गराएका हुन् ।
प्रदेश नं–२ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४१ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए । यस प्रदेशको आठवटै जिल्ला गरी १३६ वटा क्वारेन्टाइनमा दुई हजार ७३५ वटा श्यया रहेको छ । सोमध्ये ९६८ जना क्वारेन्टाइनमा, ८७ वटा आइसोलेसन शय्यामा २२ जना रहेको छ भने एक हजार छ जना होम क्वारेन्टाइनमा बसेको सचिव घिमिरेले जानकारी गराएका छन् ।
उनका अनुसार सप्तरीको ३० वटा क्वारेन्टाइनमा २९९ जना, होम क्वारेन्टाइनमा ४८ जना र एक जना आइसोलेसनमा छन् भने सिरहाको १९ वटा क्वारेन्टाइनमा १२७ जना र ७७ जना होम क्वारेन्टाइनमा छन् । धनुषाको १६ वटा क्वारेन्टाइनमा ८२ जना, होम क्वारेन्टाइनमा ४० जना र सात जना आइसोलेसनमा रहेको छ भने महोत्तरीको १६ वटा क्वारेन्टाइनमा ४४ जना र ७७५ जना होम क्वारेन्टाइन छन् भने सर्लाहीको १६ वटा क्वारेन्टाइनमा ५३ जना, ३२ जना होम क्वारेन्टाइनमा छन् र रौतहटको १६ वटा क्वारेन्टाइनमा २१५ जना र चार जना होम क्वारेन्टाइनमा बसेका छन् ।
पर्साको नौ वटा क्वारेन्टाइनमा ९८ जना क्वारेन्टाइनमा, पाँच जना होम क्वारेन्टाइनमा र पाँच जना आइसोलेशनमा छन भने बाराको १४ वटा क्वारेन्टाइनमा ५० जना, २५ जना होम क्वारेन्टाइनमा र नौ जना आइसोलेसनमा छन् । उहाँहरु नौ जना भारतमा सम्पन्न धार्मिक कार्यक्रमबाट फर्केका व्यक्ति रहनुभएको सचिव घिमिरेले बताए । रासस
News Desk 0 response शनिबार, चैत्र २२, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१