

-
काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले हालै स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएकाले छानबिन गरी मूल दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ । समाजका महासचिव सुशील बस्नेतले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो प्रकरणमा सरकारको उच्च नेतृत्व उदासिन रहने हो भने संलग्नता पनि उच्च नेतृत्वकै मानिने अवस्था सिर्जना हुनसक्ने भएकाले छानबिन गरी दोषीमाथि कानूनी कारवाही गर्न माग गरेका छन् ।
“केही अनलाइन सरकारले बन्द गर्न कदम चालेकामा समाजको ध्यानाकर्षण भएको छ, दर्ता भई कानूनसम्मत सञ्चालन भइरहेका सञ्चारमाध्यमले कानून उल्लङ्घन गरेको भए कानूनसम्मत प्रक्रिया अघि बढाउनु स्वभाविक हुनसक्छ तर बन्द गर्ने सरकारी कदम अस्वाभाविक हुन्छ”, उनले भनेका छन् । सङ्कटको बेला सबै सञ्चारमाध्यम जिम्मेवार र मर्यादित ढङ्गले प्रस्तुत हुनुपर्नेतर्फ पनि समाजले ध्यानाकर्षण गराएको छ । सङ्कट समाधानका लागि सरकार र सञ्चार जगत्बीच अझ बढी सहकार्य आवश्यक रहेकामा विज्ञप्तिमा जोड दिइएको छ । जस्तोसुकै अवस्थामा पनि प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको सुरक्षाको सुनिश्चित गर्न समाजले सरकारको ध्यानाकर्षण गराएको छ ।
दक्षिणी सीमानामा अलपत्र परेका सयौँ नेपालीलाई स्वदेश प्रवेश गर्न नदिएको घटनाको पनि समाजले निन्दा गरेको छ । यस्तो नीतिलाई तत्काल सच्याउन आग्रह गर्दै सीमानामा अलपत्र परेका नागरिकलाई तत्काल देश प्रवेश गराई क्वारेन्टाइनमा राख्नेलगायत आवश्यक उपचारको व्यवस्था गर्न समाजले सरकारसँग आग्रह गरेको छ ।
कोभिड १९ परीक्षणको दायरालाई व्यापकरुपमा विस्तार गर्न र त्यस्तो परीक्षण सबैतिर निःशुल्क हुने गरी सुनिश्चित गर्न, विपन्न वर्गलाई यथोचित राहत उपलब्ध गराउन र आम नागरिकलाई सुपथ मूल्यमा सहज तवरमा जीवन यापन गर्ने सामग्री उपलब्ध गराउने व्यवस्था गर्न पनि समाजले सरकारको ध्यानाकर्षण गराएको छ ।
देशभरका निजीलगायत सम्पूर्ण स्वास्थ्य संस्था अनिवार्यरुपमा सञ्चालन गर्न, स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षात्मक वस्त्र÷औजार उपलब्ध गराउन, स्वास्थ्यकर्मीको मनोबल बढाएर प्रोत्साहन गर्न समाजले सरकारसमक्ष आग्रह गरेको छ । लकडाउनका दौरान नागरिकको मनोवल उच्च बनाउन विद्युतीय सञ्चारमाध्यममार्फत योग, ध्यान प्राणायामजस्ता कार्यक्रमको विस्तारमा जोड दिन पनि समाजले सम्बन्धित सबैसँग आह्वान गरेको छ ।
News Desk 0 response शनिबार, चैत्र २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१