-
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा अर्का एक जनामा पोजेटिभ देखिएसँगै अब नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट आएमा व्यक्तिमा संक्रमण भेटिएको बताएका छन् । छैटौं संक्रमित पनि बागलुङकै भएको बताइएको छ ।
यसअघि सोही जहाजमा आएका अन्य दुई जनामा पनि कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजनाको टेकु अस्पताल र अर्की एक युवतीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सहित देशभरमा अहिले १ सय पाँच जना आइसोलेसनमा रहेका छन् भने बिहीबार मात्र ३९ जनाको कोरोना परीक्षण भएको बताइएको छ ।
डाक्टर देवकोटाका अनुसार अहिले काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालमा १७ वटा स्वाब नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २०, २०७६
सम्बन्धित शीर्षकहरु
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१