-
काठमाडौँ । विश्वभरि नै त्रास फैलाएको कोभिड –१९ भाइरसको बढ्दो सङ्क्रम बढ्न नदिन गरिएको लकडाउनका कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न आफ्ना जिल्ला समितिलाई नेपाल तरुण दलले ‘परिपत्र गरेको छ । तरुण दलले एक परिपत्रमार्फत लकडाउनका कारण सीमानाकामा अलपत्र नेपालीलाई तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन आफ्ना सम्बन्धित जिल्ला अध्यक्षलाई स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गरेको हो ।
तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले परिपत्रमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक जनजीवन कठिन हुने र यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई नियम क्रियाकलापमा सहजीकरण गर्न सबै जिल्ला अध्यक्षलाई आग्रह गरेका छन् । सबै जिल्ला कार्यसमितिलाई बाहिरी मुलुकबाट आएका व्यक्ति क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए स्थानीय प्रशासनसँग सहयोग लिई गन्तव्यसम्म पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्न अध्यक्ष बस्नेतले निर्देशन दिएका छन् ।
सरकारले लागू गरेको लकडाउनको पूर्णपालना गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्न, देशका विभिन्न भू–भागबाट सबै जिल्लामा बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए त्यसको समस्या समाधान गर्न सहयोग गर्न र दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्गलाई निर्वाहका लागि आवश्यक सहयोग गर्न तरुण दलले आफ्ना जिल्ला समितिलाई परिपत्र गरेको हो । खाद्यान्न, तरकारी, दूध, औषधि, पानीलगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भीडभाड हुने भएकाले केही सजगता र एकअर्काबीच दूरी कायम गर्न तथा स्थानीय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्नसमेत तरुण दलले भनेको छ । तरुण दलले अति आवश्यक कामबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दूरी कायम गर्न सबैलाई आग्रह गरेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १८, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन
आइतवार, पुस २८, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१