• काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन् । उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो भनेका छन् । हिजो र आजको दर देखाएर अनियमिता ग¥यो भन्ने कुरा जायज नभएको उनको जिकिर थियो ।

    उनले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गर्नुभयो । ‘महामारीको काराणले सामग्री किन्ने क्रममा केही महँगो भएको बताएका छन् । उनले यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीको तर्फबाट हामीले अनियमिता गरेका छैनौँ भनेका छन् । त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही वहन गर्ने भनको भनाई रहेको छ ।

    उनले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत बताएका छन् । औषधिजन्य सामग्री ल्याउने काम नहुँदासम्म त्यो ल्याउने काम नभएको भन्ने र काम भइसकेपछि आत्तिएर विभिन्न खालको वहाना र आरोप लगाउने काम भएको छ‘ । यस्ता खालको कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला तर आन्दोलनमा जन्मिएको, हुर्किएको हुनाले र अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु । यसको पनि सामना गर्न तयार छु भनेका छन् ।

    कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकबाट निर्णय गरेर एक दिन सार्वजनिक सूचना दिने र भोलिपल्ट इच्छुक व्यवसायीलाई बोलाई छलफल गरेर चीनबाट सामान ल्याउने निर्देशनअनुसार नै औषधि ल्याइएको स्पष्ट पारेका छन् । ‘‘प्रतिकूल अवस्थामा औषधि ल्याउने समितिको निर्देशनअनुसार बोलपत्र आह्वान गरिएको थियो । त्यो आह्वानमा दुई कम्पनीले मात्र औषधि ल्याउने आशयको पत्र बुझाएका थिए । तर छलफलका क्रममा दुई वटामध्ये एक कम्पनीले अहिलेको स्थितिमा औषधि ल्याउन सक्दिन भन्यो । बाँकी वैधानिक रुपमा आएको एक वटा कम्पनीसँग उसले राखेको दरभन्दा ०.५ प्रतिशत कममा औषधि ल्याउने सहमतिअनुसार ल्याइएको हो यसमा कुनै अनियमिता भएको छैन ।