-
काठमाडौँ । पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत सहयोगको अभियान थालेको छ । कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलको पहलमा काठमाडौँस्थित मानव सेवा आश्रमबाट उक्त अभियान शुरु गरिएको छ ।
एनआइसी एशिया बैंकसँगको सहकार्यमा उपलब्ध भएको खाद्य सामग्री लिएर पोखरेल आफैँ आइतबार साँझ सामाखुसीस्थित मानव सेवा आश्रम पुग्नुभयो । अन्य बैंक तथा व्यवसायीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो अभियान जारी रहने जानकारी दिँदै उहाँले समस्या परेकालाई सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ ।
उहाँले मानव सेवा आश्रमका लागि २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटर तेल, २५ केजी नून, २५ पाकेट बेसारलगायतका खाद्य सामग्री हस्तान्तरण गर्नुभएको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिनुभयो । आश्रममा खाद्यान्नको अभाव भइरहेको अवस्थामा राहत उपलब्ध गराएको भन्दै बर्तौलाले मानवीय कार्य गरेकामा डिआइजी पोखरेलको प्रशंसा गर्नुभयो ।
उपत्यकाको तीन जिल्लामा आश्रममा हाल २६० जना असहाय तथा बेसहाराले आश्रय लिइरहेका छन् । उनीहरुका लागि यो राहत सामग्री एक हप्तासम्म पुग्छ । मुलुकभरका आश्रममा भने झन्डै एक हजार १०० बेसहारा आश्रित छन् । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ ।
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले मुलुकलाई ‘लकडाउन’ गरेपछि यस्ता सङ्घसंस्थामा खाद्य सामग्रीको अभाव भएको छ । त्यस्ता सङ्घसंस्था तथा दैनिक ज्याला मजदुरी गरी खाने मजदुरले दैनिक सामग्रीको समस्या व्यहोर्न नपरोस् भनी कार्यालयले उक्त अभियानको शुरुवात गरेको डिआइजी पोखरेलले बताउनुभयो ।
लकडाउन भएपश्चात् असहाय, अशक्त व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिलाई अझ बढी समस्या हुन्छ । सङ्कटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाइन १०० मा खबर गर्न आग्रहसमेत उहाँले आग्रह गर्नुभएको छ । वास्तविक समस्या भएकाहरुलाई भने उहाँले सिधै आफ्नो सम्पर्कमा आउन सक्नेसमेत पोखरेलले बताउनुभयो ।
News Desk 0 response सोमवार, चैत्र १७, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१