

-
काठमाडौँ । नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले आज एक विज्ञप्तिमार्फत वर्तमान विषम परिस्थितिमा केही समयका लागि बन्द हुन पुगेका सञ्चारमाध्यम र त्यसमा कार्यरत सञ्चारकर्मीको अवस्थालाई समेत ध्यानमा राखेर आर्थिक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
युनियनले राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाएको छ । “कोरोना भाइरसको सङ्क्रमणका कारण आफ्नो जीवन जोखिममा राखेर आमजनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना सङ्कलन गरी प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चार क्षेत्र पनि यतिखेर मारमा परेका छन् । सञ्चालनमा रहेका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी पनि सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना सङ्कलन र सम्प्रेषणमा तल्लिन छन्”, विज्ञप्तिमा उल्लेख छ ।
तत्काल सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत पु¥याउने विशेष प्याकेजको घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिग्देलले दैनिक फिल्ड र कार्यालयमा कार्यरत सञ्चारकर्मीका लागि पनि कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउनसमेत आग्रह गरेका छन् । युनियनले महामारीको विषम परिस्थितिमा सत्यतथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्री मात्र सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ ।
News Desk 0 response सोमवार, चैत्र १७, २०७६


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१