-
भद्रपुर । मेचीनगर नगरपालिकाले नगरवासीलाई घरभित्रै बसेर सुरक्षित रहन आह्वान गर्दै खाद्यान्न, उपचार र अन्य कुनै केही समस्या भएमा नगरपालिकामा सोझै सम्पर्क गर्न आग्रह गरेको छ । नगर प्रमुख विमल आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी समस्या परेका नगरवासीलाई सम्पर्क गर्नुपर्ने व्यक्ति र फोन नम्बरहरु सार्वजनिक गरेका छन् । खाद्यान्न र अत्यावश्यक स्वास्थ्य सेवा आवश्यक भए तत्काल नगरपालिकाको स्वास्थ्य शाखाको फोन नं. ९८४२६३८३२९ र विपत् व्यवस्थापन समितिका संयोजकको नं ९८०११०६०८५ मा सम्पर्क गर्न विज्ञप्तिमार्फत नगरपालिकाले आग्रह गरेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न र पूर्वीनाकामा कडाइ गर्न नगरपालिकाले सक्रियतापूर्वक विभिन्न कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ । मेचीनगर ७ स्थित सतिघट्टामा माइती नेपालको भवन, वडा नं ११ को धाइजनस्थित स्वास्थ्यचौकी, वडा नं ३ को वडाखालस्थित पशुपति माध्यमिक विद्यालय र वडा नं ४ सरस्वती माध्यमिक विद्यालय क्वारेन्टाइन बनाइएको नगरप्रमुख आचार्यले जानकारी दिएका छन् । क्वारेन्टाइनमा भारतलगायत विभिन्न मुलुकबाट फर्किएकालाई उचित प्रबन्धसहित राखिएको बताइएको छ । मेचीनगरका १५ वटै वडामा निसंक्रमणका लागि स्प्रे तयारी गरिएको र केही वडामा स्प्रे प्रारम्भ भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका लागि ५०० थान मास्क, ६० थान पिपिई र २० लि स्यानिटाइजर वितरण गरिएको, सवै वडामा रहेका स्वास्थ्य केन्द्र र एकाइका जनशक्तिलाई परिचालन गरिएको, नगर क्षेत्रका दुई एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको टोली आपत्कालीन अवस्थाका लागि परिचालन गरिएको र अन्तरराष्ट्रिय सीमा काँकरभिट्टाबाट नेपाल प्रवेश गरेका ८५ हजारभन्दा बढी यात्रुको इन्फ्रारेड थर्मामिटरबाट हेल्थ डेस्कमा ज्वरो स्क्रिनिङ गरिएको नगरप्रमुख आचार्यले जानकारी दिएका छन् ।
लकडाउनपछि नेपालका विभिन्न स्थानमा जाने यात्रुलाई गन्तव्य स्थानसम्म पुर्याउन सहजीकरण गरिएको र टोल विकास संस्थालाई परिचालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
क्वारेन्टाइनमा बस्दा स्वास्थ्य समस्या देखिएमा तत्काल वडा अध्यक्ष वा उल्लिखत सम्पर्क नम्बरमा सम्पर्क गर्न, अत्यावश्यक सामग्रीको कालो बजारी र मूल्य वृद्धि नगर्न, खाद्यान्नलगायत अत्यावश्यक सामग्री बिक्री वा खरीद गर्दा न्यूनतम १ मिटरको दूरीमा चुना वा अन्य सामग्री प्रयोग गरेर सेतो घेरा बनाई खरीदबिक्री गर्न, अति विपन्न एवम् असहायका लागि खाद्य सामग्री अभाव भए टोल विकास संस्थाका अध्यक्षमार्फत वडा समितिका अध्यक्ष/सदस्यमार्फत नगरपालिकामा सम्पर्क गर्न हुन, सरकारद्वारा जारी लकडाउनका अवधिमा ट्रयाक्टर, टेम्पु, मोटरसाइकललगायत अन्य सवारी साधन प्रयोग नगर्न नगराउन विज्ञप्तिमा अनुरोध गरिएको छ । लकडाउनको अवज्ञा गरी कुनै क्रियाकलाप गरेमा प्रचलित कानूनबमोजिम कडा कानूनी कारवाही हुनेसमेत नगरपालिकाले जनाएको छ ।नगरवासीलाई कहीँ कतै कुनै समस्या भए प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ ९८५२०५६६०१, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती ९८५२६७२७५८ र खाद्य विश्लेषक दीपेन्द्र कार्की ९८५२६७७६७ सँग सोझै सम्पर्क गर्ने सकिनेसमेत विज्ञप्तिमा उल्लेख छ । रासस
News Desk 0 response शनिबार, चैत्र १५, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१