• काठमाडौँ । बिहीबार राती अकस्मात मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि राति नै त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी रहेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिएकी छिन् । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछिको समय आराम गरिरहेका थिए ।