-
ललितपुर । उपत्यका नगरपालिका फोरम काठमाडौंँले कोभिड–१९ सङ्क्रमणको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नदिन नेपाल सरकारले हाललाई एक साताका लागि गरेको लकडाउनको पूर्ण पालना गर्न नगरवासीसँग अनुरोध गरको छ । फोरमले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको उक्त निर्णय समयसापेक्ष भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “ काठमाडौंँ उपत्यकाका सम्पूर्ण नगरवासीलाई यस विषम परिस्थितिमा धैर्य गर्दै कोभिड–१९ विरुद्धको महाअभियान सफल पार्न र यसबाट विजय हासिल गर्न घरमै बसेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।”
सरकारको निर्देशनको वेवास्ता गरी घरबाहिर जाने, समूहमा जम्मा भइ गफ गर्ने जस्ता लापरवाही नगर्न समेत फोरमले उपत्यकावासीलाई अनुरोध गरेको छ । विदेशबाट आएका व्यक्ति टोल छरछिमेकमा भएमा स्थानीय निकाय, जनप्रतिनिधि वा सुरक्षा निकायलाई खबर गरिदिन पनि उपत्यकावासीसँग आग्रह गरिएको छ । विश्वका केही मुलुकको सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिएको स्मरण गर्दै संयमता अपनाउन फोरमले अनुरोध गरेको छ ।
फोरम काठमाडौंँका अध्यक्ष तथा कमपा प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपत्यकावासीलाई कोरोनाका बारेमा आधिकारिक संस्था नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनका सूचनामा मात्रै विश्वास गर्न आग्रह गरिएको छ । फोरममा काठमाडौँ उपत्यकाका दुई महानगरपालिकासहित १६ नगरपालिकाको संस्था हो ।
News Desk 0 response बुधबार, चैत्र १२, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१