

-
काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो
सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिनुभयो ।
“काठमाडौँ उपत्यकामा र छोटो दूरीमा चल्ने सवारीसाधन भने रोकिएका छैनन्, लामो दूरी कतिलाई मान्ने भन्नेबारे आज मन्त्रालयमा बैठक बस्दैछ”, उहाँले भन्नुभयो । कलङ्कीका स्थानीय व्यवसायी वीरेन्द्र घिमिरेले पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । रासस
News Desk 0 response सोमवार, चैत्र १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२