-
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिए । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा खतिवडाले कोभिड–१९सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी समाचार व्यवस्थित र प्रभावकारीरुपमा सम्प्रेषित भएमा जनताले सही सूचना पाउने र कुनै त्रासको वातावरण नहुने बताए ।
विशेष परिस्थितिमा छिनछिनमा निर्णय र ताजा सूचना सम्प्रेषण गर्नुपर्ने भएकाले आफ्ना उपकरण र साधनलाई तन्दुरुस्त राखी जनशक्तिलाई सक्रियताका साथ परिचालन गरी जनतालाई सूचना प्रवाहमा कुनै कमी हुन नदिन उनले निर्देशन दिए ।
उनले ती निकायको कामसँग सम्बन्धित कुनै निर्णय गर्नुपर्ने भएमा आफूले उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लाने अवगत गराए । सरकारका प्रवक्ता डा खतिवडाले भने, “सामाजिक सञ्जालको दुरुपयोग गरी नभएको समस्यालाई देखाएर वातावरण त्रसित तुल्याउन खोज्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउने काम भइरहेको छ । हाम्रा सार्वजनिक सञ्चारमाध्यम र सबै सञ्चारमाध्यमले समयमा सही सूचना दिएमा अफवाह फैलाउने निरुत्साहित हुनेछन् ।”
उनले शिक्षालय बिदा नभएकाले बालबालिका र विद्यार्थीलाई घरमा बसेर इन्टरनेटबाट पढ्नुपर्ने भएकाले त्यसको सहज प्रबन्धका लागि पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गरानुभयो । अर्थमन्त्री डा खतिवडाले विषयविज्ञको छनोट सही ज्ञान र सूचना दिने सामाजिक जिम्मेवारी बोकेकालाई गर्नुपर्छ भन्दै भएको विषयवस्तुलाई बढाइचढाई वा अनावश्यक अनुमान गरेर आतङ्कित पार्ने काम विज्ञको हुन नहुनेमा जोड दिए ।
छलफलमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका प्रमुख, सञ्चार सेवा प्रदायक संस्था र सञ्चार क्षेत्रको नियमनकारी निकायका प्रमुखले हाल कोभिड–१९ रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारी निर्णय र त्यसको कार्यान्वयनमा आफ्ना संस्थाबाट भइरहेका पहलबारे जानकारी दिएका थिए ।
News Desk 0 response आइतवार, चैत्र ९, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१