

-
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ को सम्भावित जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा स्थानको सहयोगका साथै त्यस्ता व्यक्तिलाई सहयोग गर्ने रणनीति बनाएको जनाएको छ । रेडक्रसले आवश्यक सामग्री खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीलाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मी खटिने जनाएको हो ।
उपचार गर्ने अस्पताललाई आवश्यक सहयोग व्यवस्था मिलाइने कोरोना भाइरस सङ्क्रमण भएको व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग सोअघि सम्पर्कमा आएका व्यक्तिको पनि खोजी गरी उपचार गर्नुपर्ने अवस्थामा खोजी गर्न रेडक्रसले तालीम प्राप्त टोलीको तयारी गरिसकेको छ । प्रतिकार्यका क्रममा रेडक्रस मूल्य मान्यताका साथै बाल संरक्षण, दुव्र्यवहार, लैङ्गिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न निकायलाई निर्देशन दिइएको छ । कोरोना भाइरसको सम्भावित रोकथाम र प्रतिकार्यका लागि रेडक्रसले संस्थाका ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीको सक्रियता बढाएको रेडक्रसको स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले बताए ।
यसैगरी कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तरराष्ट्रिय महासङ्घ, युएनलगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसबाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा रेडक्रसले काम गर्दै आएको छ ।
आपत्कालीन केन्द्र पनि सञ्चालनमा आइसकेको रेडक्रसले जनाएको छ । रेडक्रसले यस्तो विषम परिस्थितिमा फैलिने अफवाह वा भ्रम कम गराई मानसिक दबाब, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेय भाव कम गराउन आवश्यक कार्य गरिरहेको सेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । शुक्रराज सरुवा रोग अस्पताल स्वास्थ्य डेस्कमा रेडक्रसका स्वयंसेवक दैनिक खटिइरहेका छन् । यसबाहेक रेडक्रस स्वयंसेवक र कर्मचारीले देश भित्रिने नाका, विमानस्थल तथा मानिसको बढी चहलपहल हुने स्थानमा स्वास्थ्य सहायता कक्षमा सहयोग गरिरहेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको मागका लागि आउने बिरामीका आफन्तलाई पनि यस्तै सुरक्षाका उपाय अपनाइएको रेडक्रसले जनाएको छ ।
रक्तदानमा सहयोग गर्न आग्रह
नेपाल सरकारले भिडभाड नगर्न निर्देशन गरेअनुरुप मानिसको सामूहिक भेला हुनेक्रम घट्दै गइरहेकाले रक्तदान कार्यक्रममा समेत प्रभाव पर्न गई काठमाडौँलगायत देशका सबैजसो जिल्लामा रक्तदानका कार्यक्रममा कमी आएको रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णीकारले बताए । रगतको आपूर्तिमा कमी हुन नदिन र रगत आवश्यक पर्ने बिरामीको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न रेडक्रसले अनुरोध गरेको छ ।निर्देशक डा। राजकर्णिकारले असहज परिस्थितिमा रक्तसञ्चार निरन्तर गर्न थप सतर्कता र तयारी गरिएको तथा सहयोगका लागि स्वास्थ्य मन्त्रालयसँग कुराकानी भइरहेको जानकारी दिए । रेडक्रसले अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि स्थगन गरेको छ । कोरोना भाइरसको प्रकोपको परिस्थिति मूल्याङ्कन गरी यही चैत तेस्रो साता हुने संस्थाको महाधिवेशनलाई २०७७ साल जेठ अन्तिम सातालाई सारिएको रेडक्रसका अध्यक्ष सञ्जीव थापाले बताए । यसअघि चैतको २३ देखि २५ गतेदेखि काठमाडौँमा महाधिवेशन तोकिएको थियो । रासस
News Desk 0 response आइतवार, चैत्र ९, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१