

-
भद्रपुर । स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसकोे रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाउने कदम चालेपछि सो प्रयास गरिएको हो । तर खाद्यान्न र खाना पकाउने ग्यासको अनुगमन गर्दा आत्तिनुपर्ने स्थिति नभएको पाइएको छ ।
मेचीनगर नगरपालिकाको टोलीले प्रदेश सांसदसहित शनिबार नगरका चार वटा चामल उद्योग र एउटा ग्यास उद्योगमा अनुगमन गर्दा त्यहाँ प्रशस्त धान, चामल र खाना पकाउने ग्यास भण्डारण (मौज्दात) रहेको पाएको छ । बजारमा रहेका बिक्री डिलरहरुले ग्यास छैन भन्ने गरेता पनि मेचीनगर–१४ दुहागढीस्थित मेची ग्यास इन्डष्ट्रिजको गोदाममा ११ हजार सिलिन्डर ग्यास मौज्दात रहेको र नौ हजार सिलिन्डर ग्यास भारतबाट केही दिनमै आउने क्रममा रहेको उद्योगका सञ्चालक महादेव अग्रवालले जानकारी दिनुभयो ।
“एउटा सिलिन्डर भएका उपभोक्ताले हाल तीन वटासम्म सिलिन्डर किनेर लैजाने गरेकाले अभाव भएको जस्तो देखिएको हो”, उद्योगका सञ्चालक अग्रवालले अनुगमन टोलीलाई भन्नुभयो, “आत्तिनु पर्दैन, हामीसँग पर्याप्त मौज्दात छ र दिनैपिच्छे दुई हजारभन्दा बढी सिलिन्डर डिलरकहाँ पु¥याइरहेका छौँ ।” उहाँले मेची ग्यासको कुनै डिलरले सो भाइरसको जोखिम निम्तिएको मौका छोपी बढी मूल्यमा ग्यास बेचेको र सामान लुकाएर उपभोक्तालाई ठगी गरेको पाइएमा डिलरको लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिइएको अनुगमन टोलीलाई जानकारी दिनुभयो । उहाँको भन्नुभयो “ग्यासको अभाव हुनुपर्ने कुनै कारण नै छैन ।”
मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, नगरपालिकाका खाद्य तथा अनुगमन अधिकृत दीपेन्द्र कार्की, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्र बुढाथोकी, राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, मेची उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सदस्य भूमि पौडेल, सङ्घका पूर्वअध्यक्ष एवं अगुवा व्यवसायी विजय डालमिया, राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेल, काँकडभिट्टा इप्रकाका प्रहरी सहायक निरीक्षक यादव सुवेदी, पत्रकारद्वय मोहन काजी र लक्ष्मी उप्रेती सहभागी थिए ।
यहाँका राजनीतिक दलका प्रमुखहरुसहितको टोलीले मेचीनगर नगरपालिकालाई बजारको समस्या दर्शाउँदै कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही चलाउन माग गरेपछि शनिबार नगरपालिकाले मेचीनगरमा रहेको धान–चामलका मिलको अनुगमन गरेको हो । टोलीले मेचीनगर–११ धाइजनस्थित सूर्य एग्रो, मेचीनगर–१३ स्थित मित्तल एग्रो र मेचीनगर–७ स्थित राधाकृष्ण इन्डस्ट्रिज र राकेश राइस मिलमा अनुगमन गरेको थियो ।
अनुगमन गरिएका सबै मिलमा ठूलो मात्रामा धान र चामलको मौज्दात रहेको पाइएको थियो भने उद्योगका सञ्चालकले बजारमा लामो अवधिसम्म थेग्ने खाद्यान्न मौज्दात भएको हुँदा उपभोक्ताले हडबडाउन नहुने धारणा व्यक्त गरेका थिए । धाइजनस्थित सूर्य एग्रोमा ७५ हजार क्विन्टल चामल र ८ हजार क्विन्टल मुसुरो दाल मौज्दात रहेको उद्योगका सञ्चालक रमेश मिण्डाले जानकारी दिनुभयो । “बजारमा जति चाहिए पनि चामल र दाल उपलब्ध गराउन सक्ने सामथ्र्य उद्योगहरुसँग छ”, मिण्डा भन्नुहुन्छ, “अहिले नै बजारमा अभाव नहुनु पर्ने हो ।”
उद्योगमा रहेको मौज्दातको विवरण अनुगमन टोलीलाई बुझाउँदै मेचीनगर–१३ स्थित मित्तल एग्रोका सञ्चालक मोहन मित्तलले अहिले उद्योगले चामलको मूल्य नबढाएको र बजारमा माग भएबमोजिम आपूर्ति गरिरहेको बताउनुभयो । “मुलुकलाई सङ्कट पर्न लाग्यो भनेर कुनै उद्योगी र व्यापारीले कालोबजारी र मूल्य बढाउने गलत काम गर्नु हुँदैन”, उहाँको भनाइ थियो ।
मेचीनगर–७ मा रहेको राधाकृष्ण इन्डस्ट्रिजमा आठ हजार क्विन्टल धान र राकेश राइस मिलमा ५०० क्विन्टल चामल र दुई हजार क्विन्टल धान मौज्दात रहेको जानकारी अनुगमन टोलीले प्राप्त गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरपालिकामा नगर क्षेत्रका सबै चामल उद्योगका सञ्चालकलाई बोलाएर सङ्कटको अवस्थामा उद्योगले पालना गर्नुपर्ने विभिन्न व्यवस्थाका विषयमा जानकारी गराइएको बताउनुभएको छ भने कोरोना भाइरस रोकथामका लागि राज्यले कडा कदम चालेका बेला कुनै अभाव नहोस् भनेर उद्योगी सचेत हुनुपर्ने बताउनुभएको छ ।
मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमिया बजारमा सामान नभएर होइन, भएको सामान मौज्दात गर्ने उपभोक्ताको हतारो र अनुचित नाफाको लोभमा लागेका कतिपय गैरजिम्मेवार व्यवसायीले सामान लुकाउन थालेको हुँदा बजारमा कृत्रिम अभाव सिर्जना हुन थालेको बताउनुहुन्छ । खासगरी अत्यावश्यक वस्तुमा पर्ने चामल, दाल, तेल, साबुन, चिनीलगायतका उपभोग्य सामान भोलि लामो समय बजार बन्द होला कि भन्ने हल्ला र त्रासका कारण उपभोक्ताहरुले नै आवश्यकताभन्दा दोब्बर–तेब्बर किनेर घरमा मौज्दात राख्न थाल्दा बजारमा अभावजस्तो स्थिति देखिएको मेची उद्योग वाणिज्य सङ्घका सदस्य एवं पौडेल किराना पसलका सञ्चालक भूमि पौडेल बताउनुहुन्छ । रासस
News Desk 0 response आइतवार, चैत्र ९, २०७६

सम्बन्धित शीर्षकहरु
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..
शुक्रबार, मंसिर १३, २०८२



