-
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि स्थगन गरेको जानकारी दिए ।
“पार्टीले ठूला भेला र सम्मेलनलाई यसअघि नै स्थगन गरेको, कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर क्रियाशील सदस्यता वितरण र नवीकरणलाई स्थगन गरेका हौँ”, उनले भने । काँग्रेसले शहरदेखि गाउँ हुँदै घरसम्म कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउन सबै लाग्ने बताएको छ । पार्टी प्रवक्ता शर्माले जिल्ला, क्षेत्र, नगर, गाउँ हुँदै टोलसम्म कोरोना जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहका लागि स्वयंसेवी भूमिका निभाउन सबैलाई आग्रह गरिएको बताए । काँग्रेसले सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिने बताएको छ । केन्द्रीय कार्यालय भने बन्द नरहने काँग्रेसले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र ८, २०७६
सम्बन्धित शीर्षकहरु
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ : परराष्ट्रमन्त्री राणा
मङ्लबार, माघ १, २०८१अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१