-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ ।
मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग÷कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो ।
मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत १८ कार्यालयलाई पत्र पठाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको हो ।
उहाँका अनुसार विभाग/कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, स्वास्थ्यकर्मी र विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत उपस्थित हुन भनिएको हो । उहाँले उपसचिव र अधिकृतस्तरका कर्मचारीलाई समेत काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको बताउनुभयो ।
सरकारले कोभिड–१९ को सतर्कता अपनाउन भोलि (आइतबार) बाट अत्यावश्यक कामबाहेक कार्यालय नखोल्ने र सम्पूर्ण लामो दूरीका यातायातसमेत बन्द गर्ने निर्णय गरेको छ । अहिले विश्वमा नै कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सरकारले पनि सजगता अपनाएको छ । रासस
News Desk 0 response शनिबार, चैत्र ८, २०७६
सम्बन्धित शीर्षकहरु
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ : परराष्ट्रमन्त्री राणा
मङ्लबार, माघ १, २०८१अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१