-
चितवन । चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना स्थगन गरिएको छ । शुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जमघट नहुन निर्देशन गरेसँगै तत्कालका लागि गणना कार्य स्थगन भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार गैँडा गणनाका लागि १५० हाराहारी जनशक्ति एकै ठाउँमा सामेल हुनुपर्ने हुन्छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन, कुनै सभा सम्मेलन तथा गोष्ठी गर्न रोक लगाएको छ । अर्को सूचना नआउँदासम्म गैँडा गणना कार्य स्थगन भएको उहाँले जानकारी दिनुभयो । सरकारले कोरोनाको सङ्क्रमणको त्रास घटेर अर्को सूचना जारी गरेसँगै गणना कार्य अघि बढ्ने उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सबै तयारी पूरा भएकाले कोरोनाको त्रास घटेसँगै गणना गर्न सकिने बताउनुभयो । गणनाका लागि आज र भोलि तालिमसमेत राखिएको थियो । रुपाखेतीका अनुसार गणना जेठ १५ गतेसम्म गर्न नसकिए यस वर्ष सम्भव नहुने भएकाले कोरोनाको त्रास घटेसँगै गणना हुनेछ ।
विभागका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने कार्यक्रम थियो । गैँडा गणनाका लागि चैत महिना अत्यन्तै राम्रो भए पनि विशेष परिस्थितिका कारण गैँडा गणना स्थगन गर्न बाध्य भएको विभागले जनाएको छ । विगतका वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गैँडा गणनाका लागि विभागले रु एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो ।
नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ ।
सन् २०१५ को गणनापछि चोरीसिकारबाट मर्ने गैँडाको सङ्ख्या नगण्य छ । प्राकृतिक कारणले चितवन निकुञ्जमा गैँडा मर्ने क्रम बढ्दै गइरहेको छ । यस वर्ष हालसम्म २२ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् । रासस
News Desk 0 response शुक्रबार, चैत्र ७, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१