

-
काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ ।
समितिको आज बसेको बैठकले विधेयक संशोधनसहित पारित गरेको समिति सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले पारित गरेको विशेष सेवा विधेयकमा विशेष सेवामा कार्यरत कर्मचारीको उमेरहद ६० वर्ष बनाइएको छ । यसअघि उमेरको हदबन्दी ५८ राखिएकामा ६० वर्ष पु¥याइएको सभापति गुरुङले जानकारी दिनुभयो । समितिले पास गरेको विधेयक आजै राष्ट्रियसभामा पेश गरिनेछ ।
उहाँले विशेष सेवा भन्नाले आफँैमा पनि विशेष तरिकाले सरकारका सूचना सङ्कलन गर्ने र सूचना दुरुपयोग भयो भने त्यही खालको सजाय दिनुपर्ने भएकाले त्यस्ता सूचना चुहाउनेलाई कठोर सजायको व्यवस्था गरिएको बताउनुभयो । राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानमा खलल पर्ने किसिमको अति गोप्य सूचना कुनै प्रलोभनमा परी वा नपरी अनधिकृत व्यक्तिलाई थाहा दिएमा वा त्यस्ता सूचनासँग सम्बन्धित अति गोप्य कागजातको बेचबिखन गरी गोप्यता भङ्ग गरेमा जन्मकैदसम्मको व्यवस्था गरिएको सभापति गुरुङले जानकारी दिनुभयो । उहाँले कसुर हेरेर विधेयकमा सजायको व्यवस्था गरिएको बताउनुभयो ।
यसैगरी विधेयकमा फोन ट्यापिङ राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डतादेखि खासखास कुरामा मात्र गर्न पाइने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । जो कोहीले फोन ट्यापिङ गर्ने नभई अनुसन्धान अधिकृतले मात्र पाइने व्यवस्था गरिएको सभापति गुरुङले बताउनुभयो । “त्यो फोन ट्यापिङ गर्न आधार र अभिलेखीकरण हुनुपर्ने छ । कुनै अदालतमा फोन ट्यापिङलाई प्रमाणका रूपमा प्रयोग गर्न नपाइने र फोन ट्यापिङको दुरुपयोग गरेको खण्डमा दण्ड सजायको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०७६


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२