

-
हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको विशेष मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सङ्घीय सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा उतार्न तथा प्रदेश सरकारका नयाँ योजना बनाउन सो बैठक बसेको जनाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा आपत्कालीन स्थितिमा परिचालन गर्न आवश्यक जनशक्ति तथा सामग्रीको तयारी अवस्थाका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिकार्यको लागि मातहतका निकाय तयार रहेको जानकारी दिनुभएको उहाँले बताउनुभयो ।
आज नै प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको समेत बैठक बस्ने र कोरोना भाइरससँग सम्बन्धित रहेर ठोस योजना बनाइने कार्यक्रम रहेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, चैत्र ६, २०७६

सम्बन्धित शीर्षकहरु
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
शनिबार, कार्तिक ३०, २०८२-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



