-
काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राजनीतिक सहमति जुटाउने प्रयास थालिएको छ । लामो समयदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन रहेको उक्त विधेयकका कतिपय दफामा सांसदहरुबीच मत बाझिएपछि विधेक पारित हुन सकेको छैन । उक्त विधेयकमाथिको आजको छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले राजनीतिक सहमति जुटाउने प्रयास थालिएको जानकारी दिनुभयो ।
मन्त्री त्रिपाठीले हतारमा निर्णय गरेर पछुताउनुभन्दा केही समय विधेयकमाथि गम्भीर छलफल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तह र प्रदेशमा लोकसेवा आयोगबाट शाखा अधिकृत पास गरेर पनि नियुक्तिपत्र नलिएको वर्तमान अवस्थामा अझै १३० स्थानीय तहमा प्रशासकीय तह रिक्त रहेको जानकारी दिँदै त्यही अवस्था नदोहोरियोस् भन्नेमा सचेत हुनुपर्ने बताउनुभयो ।
उक्त विधेयकको दफावार छलफलका क्रममा प्रदेश सरकारको प्रमुख सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सङ्घको हुने की सोही तहको हुने भन्ने विषयमा सांसदहरु बीच कुरा मिलेको छैन । समितिको आजको बैठकमा सभापति शशी श्रेष्ठसहितका अधिकांश सांसदहरुले विधेयक पारित गर्न दबाब दिएपछि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउन केही दिनको समय माग गर्नुभएको थियो ।
सभापति श्रेष्ठले चैत ७ गतेको संसद् बैठकमा पेश गर्न सकिने गरी सहमति गरेर ल्याउनु आग्रह गर्नुभयो । तीन दिनभित्रमा सहमति जुटाउने मन्त्री त्रिपाठीको आश्वासन आएपछि यही फागुन पाँच गते समितिको अर्काे बैठक बस्ने गरी आजका लागि टुङ्गिएको छ । प्रस्तावित विधेयकको दफा १२२ मा प्रदेश सरकारको प्रमुख सचिवको पद सङ्घीय निजामती सेवाको पद मानिने छ भन्ने उल्लेख छ । यस्तै दफा १२३ मा प्रदेश सरकारको सचिव प्रदेश निजामती सेवाको पद हुने र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित स्थानीय तहको पदको हुनेछ भन्ने उल्लेख छ । सोही बुँदामा सदस्यहरु बीच सहमति जुट्न सकेको छैन ।
उक्त विधेयक तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विसं २०७५ माघ २५ मा संसद्मा दर्ता गर्नुभएको थियो । दफावार छलफलमा लागि उक्त विधेयक सोही वर्षको फागुन १० गते समितिमा आएको थियो । एक वर्ष हुँदासमेत विधेयक विचाराधिन छ । छलफलका क्रममा सांसदहरुले संविधानको भावनाअनुसार कानून बनाउनुपर्नेमा जोड दिनुभएको छ । कतिपय नेपाली काँग्रेसका सांसद र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले संविधानको भावनाअनुसार सहकारिता, सहअस्तित्व र समन्वयलाई आत्मसात गर्दै विधेयक पारित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेकपाका सांसद पम्फा भुसालले निजामती कर्मचारी र प्रहरी समायोजन विधेयकभन्दा बाहिर गएर निर्णय गर्न नसकिने बताउँदै सङ्घीयता कार्यान्वयन गर्नुको अर्काे विकल्प नभएको बताउनुभयो । एक वर्षअघि छलफलका लागि आएको विधेयक अझै अड्काउन नहुनेमा उहाँको जोड थियो । नेकपाका अर्का सदस्य जनार्दश शर्माले संविधानले दिएको तीन तहको अधिकारलाई आत्मसाथ गर्दै आएको प्रस्तावलाई तत्काल पारित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले समितिका सदस्यहरु पारित गर्न आतुर रहेका बेला सरकारले नै विधेयक रोक्ने प्रयास गर्न नहुनेमा जोड दिनुभयो । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विधेयकमा तीन तहको सम्बन्ध मिलेको छ की छैन भन्ने विषय प्रमुख रहेको उल्लेख गर्दै विधेयक छिटो टुङ्ग्याउन दबाब बढेको बताउनुभयो ।
समितिका सदस्य नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सङ्घले नीतिगत निमार्ण मात्रै गर्ने तर उसले प्रदेश र स्थानीय तहलाई हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो । सङ्घबाट प्रमुख सचिव पठाउँदा सङ्घीयताको भावना विपरीत हस्तपक्ष हुने भएकाले उक्त विषय जनआन्दोलनको भावना विपरीत हुने हुँदा संशोधन हुनुपर्ने उहाँको धारणा थियो । उहाँको भनाइलाई समर्थन गर्दै नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले तीन तहको समन्वय हुनुपर्नेमा जोड दिँदै केन्द्रले सबै तोक्दा समस्या बल्झिने बताउनुभयो । समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले विधेयकका केही बुँदा संविधान विपरीत भएकाले परिवर्तन गर्नु जरुरी रहेको औँल्याउनुभएको थियो । रासस
News Desk 0 response आइतवार, चैत्र २, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१