

-
रोल्पा । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले रोल्पाबाट छानविन प्रक्रिया अघि बढाएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिको स्थलगत छानविन गर्न आयोग रोल्पा आएको हो । आयोगलाई प्राप्त उजुरीका आधारमा बेपत्ताको सत्यतथ्य अनुसन्धान गरी सिफारिस गर्न आफू स्थलगत अध्ययनमा आएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिनुभयो । “आयोगले पाएको समयावधिमै तोकिएका काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको छ”, अध्यक्ष सुवेदीले भन्नुभयोे ।
“अनुसन्धानपछिका प्रक्रियाका लागि कानूनको अभाव रहे पनि अनुसन्धानका लागि विद्यमान कानूनले अवरोध नगर्ने भएकाले उपलब्ध कानूनी अवस्थालाई अधिकतम उपयोग गर्छौं”, अध्यक्ष सुवेदीले भन्नुभयो । द्वन्द्वपीडितमैत्री कानून नभएको आफूले सुनेको बताउँदै त्यसका लागि सुझाव दिएको सुवेदीले भन्नुभयो ।
सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने रोल्पामा विभिन्न माध्यमबाट कूल उजुरी १३२ परेका छन् । तीमध्ये ३२ वटा उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ । यसैगरी उजुरीकर्ताको अनुरोधमा तीन उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाइएको छ । तामेलीमा पाँच उजुरी छन् । विस्तृत छानविन गर्ने भनी आयोगबाट ९८ उजुरीको निर्णय भइसकेको आयोगले जानकारी दिएको छ । आयोगले ९८ उजुरीलाई कारवाहीयुक्त उजुरीका रुपमा राखेको छ । उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या ९९ छन् ।
आयोगका सदस्य विश्वप्रकाश भण्डारी, डा गङ्गाधर अधिकारी, सुनिल रञ्जनसिंह र सरिता थापासँगै आयोगका कर्मचारी संलग्न छन् । सदरमुकामको जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा चार वटा कार्यटोली बनाएर अनुसन्धानको काम गरिरहेको आयोगका सचिव कृष्णजीवी घिमिरले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, चैत्र २, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२