-
काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो । श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरेपनि निर्णय हुन सकेको थिएन ।
सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।
बुधबार विश्व स्वास्थ्य स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो । कोरोनाभाइरसबाट बच्नका लागि अन्य देशहरुले पनि आवश्यक सतर्कता अपनाउँदै अन्तराष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन ३०, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१