

-
भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
पक्राउ परेका गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । प्रहरीले प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरेको छ ।
घटनामा पूर्वमन्त्री बाँस्कोटाकोसहित अन्य तीन घरमा क्षति पुगेको जानकारी दिँदै प्रहरी उपरीक्षक प्रधानले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयोे । पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालभित्र प्रेसर कुकर बम राखिएको र रिमोट कन्ट्रोलबाट बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धामा पाइएको छ । प्रहरी उपरीक्षक प्रधानले भन्नुभयो, “अनुसन्धानका क्रममा घरको पर्खालभित्र प्रेसरकुकर बम राखेर रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको देखिएको छ, थप अनुसन्धान गरिरहेका छौँ ।”
बाँस्कोटा निवासमा आक्रमण हुनसक्ने सुराकी प्रहरीमा पहिला नै आइसकेकाले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएर २४ सै घण्टा प्रहरी तैनाथ गरिएको भए पनि आज बिहान प्रहरी घरकै पछाडि रहेका बेलामा अगाडिबाट बम छाडेर विस्फोट गराएको पाइएको उहाँको भनाइ छ ।
प्रहरी उपरीक्षक प्रधानले विस्फोटको घटनाले प्रहरी अझै चनाखो भएको र सुरक्षालाई अझै सुदृढ गरिने जानकारी दिनुभयो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटा, स्थानीय कपिल घिमिरे, कुबेर केसी र निरसिंह खत्रीको घरमा समेत क्षति पुगेको छ । उनीहरुको घरको सिसा फुटेको, घरको झ्याल, खापामा क्षति पुगेको छ भने घरको प्लास्टर चर्किएको छ । टिभीसमेत फुटेको छ । विस्फोटले घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान क्षतिग्रस्त भएको छ ।
घर क्षति भएका घिमिरेले विस्फोट हुँदा भूकम्प आएजस्तै कम्पन भएको र ठूलो आवाज आएको बताउनुभयो । सिसा फुटेको र घर चर्किएको उहाँले बताउनुभयो । बिस्फोटका समयमा बाँस्कोटा उक्त घरमा हुनुहुन्थेन । उहाँ सञ्चारमन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आउनुभएको छ । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२