

-
गोरखा । गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदै आएपछि गोरखा फाउण्डेशन नेपालको समन्वयमा पानी शुद्धीकरण मेशिन जडान गरिएको विद्यालयका प्रधानध्यापक माधवराज देवकोटाले जानकारी दिनुभयो ।
“अहिले छ वटा च्याम्बर मेशिन राखिएको छ”, उहाँले भन्नुभयो, “एउटा मेशिनले पानीमा रहेका आइरन, एल्मुनियम, म्याग्नेसियमजस्ता पदार्थ फिल्टर गर्छ, अनि पानीलाई नरम बनाउने काम गर्छ र अर्काे मेशिनले शरीरलाई आवश्यक पर्ने लवण थप्छ ।” मेशिनबाट प्रशोधित भएर पानीट्याङ्कीमा जम्मा हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
प्रधानध्यापक देवकोटाका अनुसार अहिले करिब एक हजार ८०० मिटर दूरीमा रहेको धारापानी मुहानबाट विद्यालयमा पानी ल्याइएको छ । “मुहानबाट ल्याइएको पानी मेशिनबाट प्रशोधित हुँदै पानी शुद्धीकरण भएर ट्याङ्कीमा जम्मा हुन्छ”, उहाँले भन्नुभयो, “पानी सङ्कलनका लागि एक हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीको व्यवस्था गरिएको छ ।”
जडान गरिएको मेशिनले एक घण्टामा करिब एक हजार ५०० लिटरसम्म पानी फिल्टर गर्नसक्ने उहाँले बताउनुभयो । पानी शुद्धीकरण मेशिन राख्नका लागि विद्यालयले रु दुई लाख ५० हजारको लागतमा सुरक्षित अस्थायी घरसमेत निर्माण गरेको प्रधानाध्यापक देवकोटाले जानकारी दिनुभयो । “शुद्धीकरण भएको पानी विद्यार्थी तथा शिक्षकले पिउनका लागि चार वटा धारा जडान गरिएको छ”, उहाँले भन्नुभयो, “धाराबाट बोतलमा थापेर मात्र पानी पिउने व्यवस्था मिलाएका छौँ, तर हातमुख धुन अर्कै धाराको प्रयोग गर्नुपर्छ ।”
गोरखा फाउण्डेशन नेपालको समन्वयमा मेशिन जडान गरिएको उहाँले बताउनुभयो । मेशिन जडानका क्रममा फाउण्डेशनले विद्यालयका तीन शिक्षकलाई वाटर पिउरोलोजिष्टसम्बन्धी एक दिने तालीमसमेत प्रदान गरेको थियो । विद्यालयमै स्वच्छ पिउनेपानीको सुविधा भएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबै खुशी भएका छन् । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
शेरबहादुर देउवाले चुनाव नलड्ने
मङ्लबार, माघ ७, २०८२ -
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले..
सोमवार, माघ ६, २०८२
-
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै..
सोमवार, माघ ६, २०८२ -
निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं..
सोमवार, माघ ६, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२



