-
गोरखा । गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदै आएपछि गोरखा फाउण्डेशन नेपालको समन्वयमा पानी शुद्धीकरण मेशिन जडान गरिएको विद्यालयका प्रधानध्यापक माधवराज देवकोटाले जानकारी दिनुभयो ।
“अहिले छ वटा च्याम्बर मेशिन राखिएको छ”, उहाँले भन्नुभयो, “एउटा मेशिनले पानीमा रहेका आइरन, एल्मुनियम, म्याग्नेसियमजस्ता पदार्थ फिल्टर गर्छ, अनि पानीलाई नरम बनाउने काम गर्छ र अर्काे मेशिनले शरीरलाई आवश्यक पर्ने लवण थप्छ ।” मेशिनबाट प्रशोधित भएर पानीट्याङ्कीमा जम्मा हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
प्रधानध्यापक देवकोटाका अनुसार अहिले करिब एक हजार ८०० मिटर दूरीमा रहेको धारापानी मुहानबाट विद्यालयमा पानी ल्याइएको छ । “मुहानबाट ल्याइएको पानी मेशिनबाट प्रशोधित हुँदै पानी शुद्धीकरण भएर ट्याङ्कीमा जम्मा हुन्छ”, उहाँले भन्नुभयो, “पानी सङ्कलनका लागि एक हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीको व्यवस्था गरिएको छ ।”
जडान गरिएको मेशिनले एक घण्टामा करिब एक हजार ५०० लिटरसम्म पानी फिल्टर गर्नसक्ने उहाँले बताउनुभयो । पानी शुद्धीकरण मेशिन राख्नका लागि विद्यालयले रु दुई लाख ५० हजारको लागतमा सुरक्षित अस्थायी घरसमेत निर्माण गरेको प्रधानाध्यापक देवकोटाले जानकारी दिनुभयो । “शुद्धीकरण भएको पानी विद्यार्थी तथा शिक्षकले पिउनका लागि चार वटा धारा जडान गरिएको छ”, उहाँले भन्नुभयो, “धाराबाट बोतलमा थापेर मात्र पानी पिउने व्यवस्था मिलाएका छौँ, तर हातमुख धुन अर्कै धाराको प्रयोग गर्नुपर्छ ।”
गोरखा फाउण्डेशन नेपालको समन्वयमा मेशिन जडान गरिएको उहाँले बताउनुभयो । मेशिन जडानका क्रममा फाउण्डेशनले विद्यालयका तीन शिक्षकलाई वाटर पिउरोलोजिष्टसम्बन्धी एक दिने तालीमसमेत प्रदान गरेको थियो । विद्यालयमै स्वच्छ पिउनेपानीको सुविधा भएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबै खुशी भएका छन् । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१