-
भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो ।
बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ । घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिनुभयो ।
बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उहाँले राजीनामा दिनुभएको थियो । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आउनुभएको छ । रासस
News Desk 0 response बुधबार, फाल्गुन २८, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन
आइतवार, पुस २८, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१