

-
रोल्पा । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन शुरु गरेको हो । स्मार्टबोर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा औधी खुशी भएका छन् । किताब पढ्दा नबुझेका कतिपय कुरा स्मार्टबोर्डबाट अध्ययन गर्दा सहजै बुझिने गरेको कक्षा ९ का छात्र पुष्पराज शर्माल शर्माले बताउनुभयो ।
“श्रव्यदृश्यका माध्यमबाट पठनपाठन हँुदा छात्रछात्रले पनि रमाइलो मानेर ध्यानपूर्व सुन्ने गर्दछन् । चक, डस्टर तथा मार्करको प्रयोग कम हुँदा हामीलाई समेत सहजता भएको छ । ” शिक्षक टेकनाथ आचार्यले भन्नुभयो । हाल विद्यालयको कक्षा ९ का पाँच र कक्षा १० का चार गरी नौ सेक्सनमा स्मार्टबोर्ड जडान गरिएको सहायक प्रधानाध्यपक लेखमणि खड्काले जानकारी दिनुभयो । प्रयोगको प्रभावकारिता हेरेर आगामी वर्ष थप कक्षामा विस्तार गर्दै लगिने विद्यालयले जनाएको छ ।
“प्राविधिक ज्ञान तथा अभ्यस्तताको अभावका कारण सबै शिक्षकले स्मार्टबोर्ड प्रयोग गर्न नजान्दा विद्यालयको सबै कक्षामा जडान गर्न सकिएको छैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भन्नुभयो । गणित शिक्षणका लािग स्मार्टबोर्ड निकै सहयोग भएको छ, सो विद्यालयका गणित शिक्षक एलएम आचार्यले भन्नुभयो, “ग्राफ, रेखा र चित्र बनाउन निकै सहज हुन्छ ।”
News Desk 0 response मङ्लबार, फाल्गुन २७, २०७६
छात्रछात्राको अत्यधिक चाप रहेको सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म दुई हजार ६०० विद्यार्थीले अध्ययन गर्दछन् । रासस


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१