-
काठमाडौँ । सबैभन्दा ठूलो केन्द्रीय कारागार जगन्नाथदेवलका कैदीबन्दीको अध्ययनमा मोह बढ्दै गएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको सो कारागारभित्र हाल ६५० बन्दी अध्ययनरत छन् । त्यहाँ तीन विद्यालय सञ्चालनमा रहेका छन् । भद्र कारागारमा बन्दी आधारभूत विद्यालय, महिला कारागारमा महिला बन्दी विकास आधारभूत विद्यालय र केन्द्र कारागारमा जगन्नाथ मावि रहेको छ । ती मध्ये बन्दी आधारभूत विद्यालयमा कक्षा १ देखि ८, महिला बन्दी विकास आधारभूत विद्यालयमा कक्षा १ देखि ५ र जगन्नाथ माविमा कक्षा १ देखि १२ सम्मको अध्ययन हुँदै आएको छ ।
सरकारले तोकेको पाठ्यपुस्तक पढाइ हुने जगन्नाथ माविमा ३२५, बन्दी आधारभूत विद्यालयमा २६३ र महिला बन्दी विकास आधारभूत विद्यालयमा ६२ विद्यार्थी अध्ययनरत छन् । विसं १९७१ मा नेपालको सबैभन्दा पुरानो कारागारका रुपमा स्थापना भएको केन्द्रीय कारागारमा २०१९ सालमा पहिलोपटक कैदीबन्दीलाई शिक्षा प्रदान गर्न जगन्नाथ मावि स्थापना भएको थियो ।
यस्तै महिला बन्दी विकास आधारभूत विद्यालय २०५७ सालमा स्थापना भएको बताइन्छ । कैदीबन्दीलाई पढाउने शिक्षक पनि कैदीबन्दी नै हुने भए पनि पढाउने शिक्षकको तलब काठमाडौँ महानगरपालिका शिक्षा विभागले प्रदान गर्दै आएको छ । कैदीबन्दीलाई पढाउने शिक्षकलाई पढाएबापत पाउने तलबका अतिरिक्त एक वर्ष पढाएबापत दुई महिना बराबरको कैद सजाय माफी हुने प्रावधान रहेको छ ।
अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । नेपालमा कारागारको व्यवस्था विसं १९७१ बाट सुरु भएको हो । नेपालको पहिलो कारागार ‘सदरजेल’ हाल केन्द्रीय कारागार जगन्नाथदेवल हो । कक्षा १२ भन्दा माथिल्लो तह अध्ययन चाहने कैदीबन्दीलाई कारागारमा अध्ययन पाउने व्यवस्था छैन ।
केन्द्रीय कारागारका प्रमुख एवम् जेलर लक्ष्मीप्रसाद बाँस्कोटा कक्षा १२ भन्दा माथिल्लो तह अध्ययन विद्यार्थीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । “कक्षा १२ भन्दा माथिल्लो तह पढ्ने विद्यार्थी कारागारमा आफैँ पढ्नुपर्छ, परीक्षाको व्यवस्था कारागारले मिलाउँदै आएको छ”, उहाँ भन्नुहुन्छ । कारागार व्यवस्था विभागले गरेको अध्ययनअनुसार केन्द्रीय कारागारको एक हजार ४०० कैदीबन्दी अट्ने क्षमता हो । जेलर बाँस्कोटा केन्द्रीय कारागारमा क्षमताभन्दा ज्यादै धेरै कैदीबन्दी रहेको बताउनुहुन्छ । केन्द्रीय कारागारमा हाल ११ नाबालकसहित तीन हजार ३०८ कैदीबन्दी रहेका छन् ।
देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भइरहँदा सरकारले नुवाकोटको त्रिशूलीमा ५३९ जग्गा लिएर सात हजार कैदीबन्दी क्षमता भएको केन्द्रीय कारागार निर्माण गर्न लागेको छ । एक हजार ५०० कैदीबन्दी अट्ने चारवटा ब्लक र एक हजार क्षमता भएको एकवटा महिला ब्लक निर्माण गर्नका लागि गुरुयोजना बनाएर एकवटा भवन बन्दै गरेको छ । सरकारले पछिल्लो समय खुला कारागारको नीतिसमेत अगाडि सारेको छ । बाँकेको गनापुरमा खुला कारागार निर्माणका लागि सुरक्षा भवन र ब्यारेक तथा प्रशासनिक भवन निर्माणको कामलाई अगाडि बढाइएको छ । सरकारले कैदीबन्दीलाई हरेक दिन खानका लागि दिने सिदा रु ४५ वृद्धि गरी ६० तथा नाबालकलाई रु १० बाट ३५ पुर्याएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई/दुई कारागार रहेका छन् । भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् । ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रहरु सञ्चालनमा रहेका छन् । विभागका अनुसार हाल देशभर २५ हजारभन्दा धेरै कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार ४६६ हो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २०, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१