-
काठमाडौँ । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ ।
मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासन कार्यालयबाट निरन्तर भइरहे पनि अद्यावधिक गर्ने कार्य प्रभावकारी हुन नसकेपछि आयोगले सोमबार दलहरूसँग छलफल गरेको हो । आयोगले यही फागुन ७ गतेदेखि असार मसान्तसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन शुरु गरेको छ ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्रुटिरहित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य चुस्त–दुरुस्तरूपमा सम्पन्न गर्न/गराउन राजनीतिक दलहरुका तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाहको अपेक्षा गर्नुभयो । आ–आफ्नो मातहतका जिल्लास्तर, स्थानीय तह, वडास्तरीय समिति तथा भ्रातृ सङ्घसङ्गठनलाई कार्यक्रममा सक्रिय सहभागिता, समन्वय र सहयोगका आग्रह गर्दै उहाँले भन्नुभयो, “निर्वाचन कार्यक्रमको प्रारम्भ मतदाता नामावली सङ्कलनबाट हुन्छ भने केन्द्रविन्दु राजनीतिक दल रहन्छन् ।”
सो अवसरमा राजनीतिक दलका प्रतिनिधिले विशेष कार्यक्रम सञ्चालन गरेकामा आयोगलाई धन्यवाद व्यक्त गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचनका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २०, २०७६
सम्बन्धित शीर्षकहरु
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी कम्पनीमाथि व्यापार प्रतिबन्ध
बुधबार, मंसिर २६, २०८१दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७ सय विन्दुमाथि
बुधबार, मंसिर २६, २०८१काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१-
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन..
बुधबार, मंसिर २६, २०८१ -
दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१ -
शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७..
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१ -
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१
-
मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन..
बुधबार, मंसिर २६, २०८१ -
दुर्गा प्रसाईंविरुद्द साइबर अपराधको मुद्दा दर्ता
बुधबार, मंसिर २६, २०८१ -
शेयर बजार बाउन्सब्याक, नेप्से अङ्कले बढेर २७..
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंसँगको हारपछि लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
बुधबार, मंसिर २६, २०८१ -
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१