

-
जलेश्वर । महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का वडाध्यक्ष जीतेन्द्र चौधरी भारतीय नागरिक रहेका भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
रामगोपालपुर–८ बस्ने हरिश्चन्द्र ठाकुरले वडाध्यक्ष चौधरी भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्नुभएको हो । उजुरीकर्ता ठाकुरले उजुरीसँगै भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी तथा उहाँका बुबाको नाम उल्लेख भएको छायाकपी र उहाँले २०१९ मा भारतमा सम्पन्न भएको लोकसभा निर्वाचनमा भोट खसालेको प्रमाणसमेत पेश गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनमा वडा नं ५ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष चौधरीसँग दोहोरो नागरिकता रहेको भन्दै ठाकुरले सप्रमाण एक महिना पहिले नै उजुरी दर्ता गराए पनि त्यस उजुरीमाथि हालसम्म कुनै कारवाही नभएको उजुरीकर्ता ठाकुरले आरोप लगाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वडाध्यक्ष चौधरीविरुद्ध निवेदन आएको र सो निवेदनमाथि आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६

सम्बन्धित शीर्षकहरु
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
सोमवार, फाल्गुन ४, २०८२
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



