-
काठमाडौँ । सदनमा कोरोना भाइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भत्र्सना गर्नुभयो । उहाँले सो विषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउन जोड दिनुभयो ।
सांसद पौडेलले कोरोना भाइरस करिब ६४ देशमा पुगिसकेको सञ्चारमाध्यममा आएकाले नेपालमा त्यसको रोकथामका निम्ति अझ उच्च सतर्कता अपनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले विभिन्न देशमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सरकारले उच्च सतर्कता अपनाउन नसकेको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनले नेपाललगायत विभिन्न मुलुकलाई कोरोना भाइरसको उच्च जोखिममा रहेको बताए पनि सरकारले त्यसअनुरूपको तयारी गर्न नसकेको बताउनुभयो । सरकारले संसद्लाई छलेर चोर बाटोबाट जनतामा कर थोपर्ने काम गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
सांसद महेन्द्र राय यादवले सरकारले जनतालाई मारमा पार्ने गरी इन्धनमा कर थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाउनुभयो । उहाँले प्रदेश नं ३ को नामकरण गर्दा पहिचानलाई आत्मसात् गर्न नसकिएको भन्दै गुनासो गर्नुभयो । सांसद प्रदीप यादवले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख गरिए पनि व्यवहारमा नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
सांसद राजेन्द्रकुमार लिङ्देनले व्यक्ति विशेषका लागि संविधान संशोधन गर्ने विषय सत्तापक्षीय दलबाटै आएको भन्दै आपत्ति प्रकट गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारीले संसारभर प्रकोपका रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा सरकारले पर्याप्त तयारी गर्न नसकेकामा दुःखेसोे पोख्नुभयो । सांसद सरिताकुमारी गिरीले कोशी टप्पु आरक्षण क्षेत्रमा हात्ती, बँदेललगायत वन्यजन्तुको आक्रमणबाट स्थानीयवासी पीडित र त्रसित बनेकोप्रति सरकारको ध्यनाकर्षण गराउनुभयो ।
सांसद शान्ता चौधरीले प्रधानमन्त्रीले आफ्नो मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्न लागेकामा खुशी व्यक्त गर्दै उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो । नेकपाका सचेतकसमेत रहनुभएका सांसद चौधरीले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार भएको अभद्र व्यवहारप्रति आपत्ति जनाउनुभयो । काँग्रेसका सांसद प्रकाश रसाइली (स्नेही) ले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना भाइरसभन्दा पनि भ्रष्टाचारको भाइरसबाट मुलुकमा त्रास पैदा भएको बताउनुभयो । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१