

-
सुर्खेत । आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले राससलाई जानकारी दिनुभयो । “साधारण र प्राविधिक धारको नियमिततर्फ ३२ हजार ८९६ र प्राविधिक धारतर्फ ५६८ परीक्षार्थी छन्”, राससँगको कुराकानीमा उहाँले भन्नुभयो, “ग्रेड वृद्धि साधरणधारतर्फ दुई हजार ८१३ र प्राविधिक धारतर्फ २२ ले परीक्षा सम्मिलत हुँदैछन् ।”
उहाँले भन्नुभयो, “कर्णालीभरिमा १७६ परीक्षा केन्द्र रहेका छन् । त्यसमा १७६ केन्द्राध्यक्ष, २४२ सहायक केन्द्राध्यक्ष, एक हजार ८११ निरीक्षक, ३६२ परीक्षा सहायक, ७२३ कार्यालय सहयोगी र दुई हजार ६५५ सुरक्षाकर्मीगरी जम्मा पाँच हजार ९६९ जनशक्ति प्रत्यक्षरुपमा परिचालन गरिने छन् ।” यो परीक्षामा पाँच लाख ६५ हजार १३६ मूलसहित तीन लाख ९५ हजार ५९५ थप उत्तरपुस्तिका कर्णालीका दशवटै जिल्लामा निर्देशनालयले पुर्याइसकेको उहाँले बताउनुभयो । उत्तरपुस्तिका छपाइ, ढुवानी र परीक्षा सञ्चालनका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । उत्तरपुस्तिका छपाइ र ढुवानी जिम्मा जनक शिक्षा सामग्रीलाई दिएको परीक्षा शाखा प्रमुख शर्माले जनाउनुभयो ।
उहाँका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रत्येक जिल्लाका, एकाइ प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, मानव स्रोत विकास केन्द्रका प्रमुखलाई अनुगमन तथा आचारसंहितासम्बन्धी दुईदिने कार्याशाला गोष्ठी गरिएको छ । स्थानीय तहमा भने माध्यमिक शिक्षा व्यवस्थापनसम्बन्धी प्रत्यक्ष संलग्नताको कानूनी आधार नभएकाले परीक्षाको व्यवस्थापकीय पाटोमा सहयोग गर्न स्थानीय सरकारका प्रमुख, शिक्षा हेर्ने अधिकृतलाई अनुरोध गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । रासस
News Desk 0 response सोमवार, फाल्गुन १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१