

-
खोटाङ । निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पुर्याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन शुरु गरिएको छ । मतदाता नामावली सङ्कलन, आवश्यक कागजात, मतदान गर्ने विधि तथा मतपेटिका उपयोग गर्ने विधि, आचारसंहिता, मतदान केन्द्रको नमूना, निर्वाचनको प्रकार एवं निर्वाचन अभ्यासलगायतका बारेमा जानकारी दिन विद्यालयमा निर्वाचन विशेष कार्यक्रम शुरु गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय खोटाङको आयोजनामा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रालाई सहभागीता रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित सरस्वती नमूना माविबाट शुरु गरिएको विद्यालयस्तरीय निर्वाचन शिक्षा विशेष कार्यक्रम जिल्लाका सबै स्थानीय तहका विद्यालयमा पुर्याइने जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जानकारी दिनुभयो ।
छात्रछात्रा मार्फतको निर्वाचन शिक्षाले बदरमत घटाउन सहयोग पुग्ने कार्यालयले जनाएको छ । हालसम्म पञ्च मावि दिक्तेल, कालिका मावि नेर्पा, श्रीमावि बाँसबोटे, भगवती दिनानाथ मावि खोटाङबजारलगायतका विद्यालयमा निर्वाचन शिक्षा सञ्चालन भइसकेको उहाँले बताउनुभयो ।
आगामी चैत ७ गतेदेखि सबै वडामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । छ समूह निर्माण गरेर जिल्लाका ७९ वटै वडामा सञ्चालन गरिने फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन अधिकारी राईले जानकारी दिनुभयो ।
पछिल्लो जनगणनाअनुसार दुई लाख पाँच हजार २२५ जनसङ्ख्या रहेको जिल्लामा विसं २०७४ मङ्सिरमा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा एक लाख २५ हजार मतदाता रहेका थिए । त्यसयता थपिएका मतदाताको सङ्ख्या रुजु गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
News Desk 0 response आइतवार, फाल्गुन १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन..
शुक्रबार, बैशाख १२, २०८२